Skip

Hamro Sanchar

अशोक राई छाडेर उपेन्द्रसँगै फर्किए रेणु र प्रदीपसहितका नेता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू जसपा नेपालमा फर्किएका छन् ।

सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा आफूसहित बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएको नेता प्रदीप यादवले जनाकारी दिए ।

जसपा फर्किएका नेताहरू रेणु,प्रदीप लगायतलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् । अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जसपासँग एकता गरेको जानकारी गराएका छन् ।

यसअघि राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले पनि अशोक राई नेतृत्वको जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।

 


प्रतिकृया दिनुहोस्