Skip

Hamro Sanchar

प्रचण्ड भन्छन् : चुनावको विकल्प सोचे देश फेरि दुर्घटनामा पर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् ।

पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने उनको भनाइ छ ।

आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो । अन्य विकल्पतिर सोच्यो भने फेरी देश अर्को दुर्घटनामा पर्छ ।’

निर्वाचनबाटै देशलाई स्थिरता र विकासको नयाँ प्रक्रियामा लैजान सकिने उनले बताए । सबै दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको पनि प्रचण्डले बताए ।

फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी गर्दा आफूलाई खुसी लागेको पनि उनले बताए ।

प्रचण्डले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरु राज्यको दायित्वभित्र जाओस् र अन्ततस् त्यो निस्शुल्क होस् भन्ने आफूहरुको चाहना रहेको पनि बताए । ‘आउने दिनमा हामी त्यसको निम्ति आफ्नो ठाउँबाट प्रयास गर्ने विश्वास पनि म तपाईंहरुलाई दिलाउन चाहान्छु’ उनले भने ।


प्रतिकृया दिनुहोस्