Skip

Hamro Sanchar

सशस्त्रका ३ जना एआईजीको सरुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १ गते


काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।

जसअनुसार एआईजी नारायणदत्त पौडेलको मानव स्रोत विभागमा सरुवा गरिएको छ ।

यसअघि उनी कार्य विभागमा थिए । मानव स्रोतमा रहेका वंशी दाहालको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

सीमा सुरक्षामा रहेका अर्का एआईजी गणेश ठाडामगरको कार्य विभागमा सरुवा गरिएको छ ।


प्रतिकृया दिनुहोस्