
काठमाडौँ । नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनमा महासचिवका उम्मेदवार शंकर पोखरेलले पार्टीभित्रको एकता, दृढता र साझा जिम्मेवारीलाई जोड दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरिएको स्ट्याटसमा पोखरेलले भनेका छन्, ‘ पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार ! हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ । ’ सन्देशमार्फत पोखरेलले एमालेको सामूहिक शक्ति र ऐक्यबद्धतामाथि विश्वास व्यक्त गरेका छन्।



















