Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरामा आइटी तालिम लिएका २० जनालाई तत्काल रोजगारी उपलब्ध गराइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ५ गते


Advertisement

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकामा आयोजित १० दिने सूचना–प्रविधि (आइटी) तालिम पूरा गरेका २० युवालाई तत्काल रोजगारी उपलब्ध गराइने भएको छ। जेनिस सोलुसनको सहकार्यमा सम्पन्न उक्त तालिम १ सय ५० जनाको सहभागितासहित सञ्चालन गरिएको थियो। सहभागीमध्ये ४० जनाले पूर्ण १० दिनको तालिम लिएर सीप हासिल गरेका थिए।

जेनिस सोलुसनका अनुसार तालिमबाट व्यावहारिक सीप प्राप्त गरेका २० युवालाई संस्थाले तत्काल रोजगारीमा प्रवेश गराउनेछ। संस्थाले तालिमले सीपयुक्त जनशक्ति तयार गरी श्रमबजारमा प्रवेश सहज बनाएको जनाएको छ।

१० दिनसम्म चलेको तालिम आज सम्पन्न भएको हो।

स्थानीय तहमा सीपयुक्त जनशक्तिको माग बढेको उल्लेख गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले आगामी दिनमा यस्ता सीप विकास कार्यक्रमलाई अझ विस्तार र सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।

नगरप्रमुख कार्कीका अनुसार तालिम पूरा गरेका युवालाई नगरपालिका मातहतका कार्यालयहरू, सामुदायिक सहकारी संस्था तथा स्थानीय निजी क्षेत्रसँग समन्वय गरी थप रोजगारीका अवसरहरू पनि उपलब्ध गराइनेछ। तालिमले नगरपालिकालाई ‘आईटी हब’का रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि बढाइएको नगरप्रमुख कार्कीले बताए।

नगरपालिकाले १० दिनसम्म तालिम लिएका सबै युवालाई अबको ४ महिना थप तालिम प्रदान गर्नेछ।


प्रतिकृया दिनुहोस्