Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएलमा आज लुम्बिनी र चितवन भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ४ गते


Advertisement

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रन लागेको हो भने चितवन राइनोज कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। आज हुने एकमात्र खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।

गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो। आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा हुनेछ।


प्रतिकृया दिनुहोस्