
काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।
कर्फ्यु आदेश जारी भए पनि अवज्ञा भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच बेलाबेला झडप भइरहेको छ ।
प्रदर्शनकारीले शंखमुलतर्फ जाने सडक पूरै कब्जा गरेर आगो बालिरहेका छन् । उनीहरु बानेश्वर चोक जाने प्रयासमा छन् ।
माइतीघर मण्डलातर्फबाट प्रदर्शनकारीको एउटा टोली नयाँबानेश्वर चोकतर्फ आइरहेको छ ।
यस्तै नयाँ बानेश्वरामा आज पनि टियरग्यास प्रहार भएको छ ।
स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेको हो ।
प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ














