
काठमाडौं । विशेष अदालतले सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापालाई १० करोड १० लाख जरिवाना र आठ वर्ष कैद सजाय तोकेको छ ।
विशेष अदालतले भ्रष्टाचार मुद्दामा मेयर थापालाई साउन २१ मा दोषी ठहर गरेको थियो ।
थापासहित तीनजनालाई सजाय तोकेको छ भने बाँकी प्रतिवादीलाई सफाइ दिइएको छ ।
थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको अदालतको ठहर छ ।














