Skip

Hamro Sanchar

जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २९ गते


काठमाडौं । जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी, नेपालबीच कार्यगत एकता भएको छ । यी दुई दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले एकता घोषणा गरे ।

उनीहरूले कार्यगत एकताको घोषणामा हस्ताक्षर पनि गरेका छन् ।

राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए । त्यस्तै, महतो लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बाट अलग भएका थिए ।


प्रतिकृया दिनुहोस्