Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति

शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक ८० मा झार्ने सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २२ गते


Advertisement

काठमाडौं । संसद्को शिक्षा समितिमा तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति भएको छ ।

समिति परामर्श तथा समन्वय उपसमितिले गरेको सहमतिलाई शिक्षा समितिले पारित गरेको हो ।

जसअनुसार, आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनबाट बढुवा गर्ने सहमति भएको छ ।

यसअघि, उपसमितिको प्रतिवेदनमा शिक्षकको बढुवाका लागि आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था थियो ।

यस्तै  संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकको पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बरमा सहमति जुटेको छ । बिहीबार समितिको बैठकमा पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर ९० बाट ८० मा झार्ने सहमत जुटेको हो ।

यसैगरी, समितिमा शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वतस् शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने बुँदा पनि पारित भएको छ ।

अहिलेसम्म बैठकमा चार नम्बर बुँदासम्म सहमति जुटिसकेको छ । अहिले पाँचौँ बुँदामा छलफल चलिरहेको छ

 

 

 


प्रतिकृया दिनुहोस्