Skip

Hamro Sanchar

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १३ गते


बुटवल । नवलपरासी (पूर्व)  मध्यविन्दुमा  मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

आज बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु ९ प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा मध्यविन्दु-७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका-५ घर भई चोरमारामा टायल-मार्बल सम्बन्धी मिस्त्री काम गर्ने २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।


प्रतिकृया दिनुहोस्