Skip

Hamro Sanchar

ट्राफिक प्रहरीले सर्वसाधारणलाइ बुटले हानेको भिडिओ भाइरल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ११ गते


काठमाडौँ । ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यद्यपि भिडिओ कुन ठाउँको र कहिलेको हो खुलेको छैन।

ती युवालाई बुटले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको भिडिओमा देखिन्छ। सामाजिक सञ्जालमा अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ।

केही अघि पनि विमानस्थलमा प्रहरीले एक युवालाई यसरी गरी लछारपछार गरेको भिडिओ सार्वजनिक भएको थियो।

उक्त घटनामा संलग्न ३ प्रहरीलाई उपत्यका प्रहरीले तानेर अनुसन्धान थालेको थियो


प्रतिकृया दिनुहोस्