Skip

Hamro Sanchar

इटहरीमा रहेको सेन्टर प्लाजामा आगलागी : ५ जनाको उद्धार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १२ गते


काठमाडौं । सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ५ जनाको उद्धार गरिएको छ ।

इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले पाँचको प्लाजाभित्रबाट सकुशल उद्धार गरिएको बताए ।

आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् । सशस्त्र प्रहरीको नं.१ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा १०५ जना, नेपाली सेना र प्रहरीका साथै ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।

उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयले हेलिकप्टर पठाइएको बताएको छ ।


प्रतिकृया दिनुहोस्