Skip

Hamro Sanchar

राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ११ गते


काठमाडौं । राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि वैशाख ७ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएको छ ।

सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको जानकारीअनुसार वैशाख ७ गतेदेखि आन्दोलनलाई निरन्तरता दिने निर्णय भएको छ ।

चैत १५ गते काठमाडौंमा दुर्गा प्रसाईंले आयोजना गरेको कार्यक्रममा पनि राप्रपा सहभागी हुने उनले बताए ।

“राजसंस्था पुनःस्थापनाका लागि हुने हरेक आन्दोलनमा राप्रपा सहभागी हुन्छ,” उनले भने ।


प्रतिकृया दिनुहोस्