
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार २०० रुपैयाँ कायम छ ।
आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९चैत ४० छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँ किनबेच भएको थियो ।
नेपाली बजारमा यसअघि छापावाल सुनको उच्च मूल्य यही चैत १ गते एक लाख ७४ हजार ५०० रुपैयाँ कायम थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।