Hamro Sanchar

शुक्रबार हालसम्मकै उच्च भएको सुनको मूल्य आज घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २ गते


काठमाडौं । चैत १ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही घटेको छ।

गत शुक्रबार प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज ४०० घटेर १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। चैत १ गतेभन्दा चाँदीको मूल्य पनि आज सामान्य घटेको छ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला रु २ हजार ४५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुनको मूल्य प्रतिऔँस २ हजार ९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

चैत २ गते शनिबार परेकाले शुक्रबारपछि एकैचोटि आज आइतबार सुनचाँदीको मूल्य निर्धारण गरिएको हो ।


प्रतिकृया दिनुहोस्