Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल स्टक एक्सचेन्जको सीईओ बन्न सर्टलिस्टमा परे पाँच जना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २ गते


Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९नेप्से०को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का बन्न पाँच जना सर्टलिस्टमा परेका छन् ।

साँझसम्म नेप्सेको सीईओ पदका लागि आवेदन परेको १० जनामध्ये पाँच जनालाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो ।

सिफारिस समितिका अनुसार चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका छन् । उनीहरूलाई बुधवार बिहान ७ बजे कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।

नेप्सेको सीईओ बन्नका लागि अन्य पाँच जनाको पनि आवेदन परेको थियो । आवेदन परेका युवराज दाहाल, प्रवीण अधिकारी, विमल कुमार तिवारी, कृष्ण बहादुर कार्की र मुकुन्द राज जोशी सर्टलिस्टमा परेनन् ।

सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो । योग्यता भएका इच्छुक नेपाली नागरिकबाट अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।

सीईओ बन्नका लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त शास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ । यसमा पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ ।


प्रतिकृया दिनुहोस्