Hamro Sanchar

आज पनि बढ्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २२ गते


काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।

आज सुन तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १९ सय ५० रुपैयाँ कायम भएको चाँदी आज प्रतितोला १९ सय ८५ रुपैयाँ तोकिएको छ ।


प्रतिकृया दिनुहोस्