Hamro Sanchar

सिन्धुपाल्चोकमा बिहानै ६.१ म्याग्निच्युडको भूकम्प : काठमाडौंमा ठूलो धक्का महसुस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १६ गते


काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६।१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।

भूकम्पविद् भरत कोइरालाले दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको भैरवकुन्ड आसपासमा केन्द्रबिन्दु गएर भूकम्प गएको छ ।

“सिन्धुपाल्चोकको भैरव कुन्ड ताल आसपास केन्द्र बनाएर भूकम्प गएको छ,” भूकम्पविद् कोइरालाले भने, “राति २ स् ५१ बजे भूकम्प मापन गएको छ ।”

उनका अनुसार भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ । भूकम्पको सिन्धुपाल्चोकसहित काठमाडौं उपत्यका र आसपासका जिल्लामा धक्का महसुस भएको थियो ।


प्रतिकृया दिनुहोस्