Hamro Sanchar

प्रेम विवाहलाई लिएर दुई समुदायको झडप नियन्त्रणबाहिर, प्रहरीको गाडीमा आगजनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १३ गते


काठमाडौं । नवलपरासी पश्चिममा भएको दुई समुदायबीचको झडप नियन्त्रणबाहिर गएको छ ।

पाल्हीनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि अवस्था नियन्त्रण गर्न ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालका अनुसार, आक्रोशित समूह प्रहरीकै गाडी जलाइदिएपछि स्थिति थप तनावग्रस्त बनेको छ । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।

पश्चिम नवलपरासीको अवस्था बिग्रिँदै गएपछि रूपन्देही र पूर्वी नवलपरासीबाट समेत थप प्रहरी टोली परिचालन गरिएको छ । केही प्रहरी र प्रर्दशनकारी घाइते भएका छन् ।

प्रहरीका अनुसार, झडप प्रेम विवाहसँग जोडिएको छ । तीन महिनाअघि एक समुदायकी युवतीसँग अर्को समुदायका युवाले प्रेम विवाह गरेका थिए ।

त्यतिबेलै केटी पक्षबाट केटाका बुवामाथि आक्रमण भएको थियो । सोमबार साँझ फेरि केटी पक्षले केटा पक्षका एक जनालाई आक्रमण गरेपछि झडपको स्थिति सिर्जना भएको हो।


प्रतिकृया दिनुहोस्