
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षका लागि ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ।
बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिएकामध्येबाट ५ जनालाई संक्षिप्त सूचीमा समावेश भएका हुन्।
सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिको फागुन ४ को निर्णयअनुसार आज पाँचजनाको सूची प्रकाशित गरेको हो।
कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा सर्टलिस्टमा परेका छन्।
उनीहरूलाई यही फागुन १० गते दिउँसो २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको सूचनामा उल्लेख छ ।


















