
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैको पार्टी फुटाउने खेलमा नरहेको प्रष्टीकरण पुन दिएका छन् ।
कसैको पार्टी फुटाउने ध्येय राखेर अध्यादेश ल्याउन नखोजिएको उनले बताए ।
आज संसदमा सांसदहरुको प्रश्न सामना गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
माओवादी सांसद तथा पूर्वअर्थमन्त्री बर्षामान पुनले पार्टी फुटाउने नियतका साथ सरकारले अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका थिए ।
जवाफमा ओलीले माओवादी नेतृत्वको सरकार हुँदा आफ्नो पार्टी फुटाउनका लागि २० वा २० भनेर अध्यादेश ल्याएको स्मरण गरेका छन् ।

















