Hamro Sanchar

बर्षामानलाई प्रधानमन्त्रीको प्रश्न : मेरो पार्टी फुटाउन ‘२० वा २०’ को अध्यादेश ल्याएको होइन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, ४ गते


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैको पार्टी फुटाउने खेलमा नरहेको प्रष्टीकरण पुन दिएका छन् ।

कसैको पार्टी फुटाउने ध्येय राखेर अध्यादेश ल्याउन नखोजिएको उनले बताए ।

आज संसदमा सांसदहरुको प्रश्न सामना गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।

माओवादी सांसद तथा पूर्वअर्थमन्त्री बर्षामान पुनले पार्टी फुटाउने नियतका साथ सरकारले अध्यादेश ल्याउन लागेको भन्दै आपत्ति जनाएका थिए ।

जवाफमा ओलीले माओवादी नेतृत्वको सरकार हुँदा आफ्नो पार्टी फुटाउनका लागि २० वा २० भनेर अध्यादेश ल्याएको स्मरण गरेका छन् ।


प्रतिकृया दिनुहोस्