काठमाडौं, पुस ७- नेपाल टेलिकमले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले ३० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृतपछि कम्पनीको आगामी १७औं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।
गत वर्ष कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
बुक क्लोजका आधामा पुस १७ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।