Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टिकटक बनाउने क्रममा खोलामा खस्दा २ जना किशोरीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ७ गते


Advertisement

तेह्रथुममा । तेह्रथुममा टिकटक बनाउने क्रममा एक युवती र एक किशोरीको मृत्यु भएको छ। खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराई टिकटक बनाउन नजिकैको खोलामा गएका थिए। त्यही क्रममा चिप्लिएर लड्दा उनीहरुको मृत्यु भएको हो।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका हुन्। खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए।

अपराह्न खोलामा बगेका उनीहरुको शव शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिए। शव मृतकका परिवारलाई आइतबार हस्तान्तरण गरिने उनले बताए।


प्रतिकृया दिनुहोस्