Skip

Hamro Sanchar

जनकपुरको दुर्गा मन्दिरमा एक पुरुषको शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ५ गते


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित दुर्गा मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ ।

मृतक पुरुष अन्दाजी ६० वर्षको रहेको र उनको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार इँटा प्रहार गरी उनको हत्या गरेको जस्तो देखिन्छ । घटनास्थल रक्सीको खाली बोतल पनि भेटिएको छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले आज बिहान मन्दिर परिसरमा एक पुरुष मृत भेटिएको र पहिचान खुल्न नसकेको जानकारी दिए । उनका अनुसार घटना शंकास्पद देखिएको छ ।

प्रहरीले मृतक पुरुषको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको जनाएको छ ।


प्रतिकृया दिनुहोस्