Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भ्रातृ संस्थाको महाधिवेशन चैत मसान्तभित्र गराउन देउवाले तोके संयोजक (सूचीसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २६ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले ८ भ्रातृ संस्थाको महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम २०८१ चैत मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गराउन निर्देशन समिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशन तोकिएकै समयमा गराइसक्न सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९)बमोजिम समिति गठन गरेको उनले बताए ।

नेपाल महिला सघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गत २०८१ असोज १६ गते गठन गरिएकोमा नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा संशोधन गरिएको पनि उनले बताए ।

 


प्रतिकृया दिनुहोस्