Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २० गते


Advertisement

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित २५ दल दर्ता भएका छन् ।

संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् ।

निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए ।

जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ९४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

संसदको चौथो ठुलो दल पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन लागेको हो ।


प्रतिकृया दिनुहोस्