आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री ओलीले भेटे अमेरिकी राष्ट्रपति बाइडेनलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ११ गते


Advertisement

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् ।

बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन् ।

उनले विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुसँग साइडलाइन भेटवार्ताहरु गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा आलीले आजै संयुक्त राष्ट्रसंघको ७९ औं महासभालाई सम्बोधन पनि गरेका छन् ।

सम्बोधनको क्रममा ओलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।


प्रतिकृया दिनुहोस्