Hamro Sanchar

एमालेको माग: मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ३१ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका थिए ।

त्यसबारे सांसद ढकालले प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानविरोधी र गैरजिम्मेवारपूर्ण भएको बताए ।

उनले भने, ‘त्यस्ता अभिव्यक्ति राष्ट्रघाती र संविधानविरोधी हो । देशद्रोही कुरा हो । यस्ता अभिव्यक्ति दिनेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ ।


प्रतिकृया दिनुहोस्