Skip

Hamro Sanchar

चट्याङ लागेर जुम्लामा १५ भेडा मरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १६ गते


जुम्ला । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् ।

तातोपानी गाउँपालिका–४, लामाचौर पाटनमा शनिबार दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।

गएको साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब १०० भेडा मरेका थिए।

यसअघि, जुम्लाको कनकासुन्दरी, तिला र गुठीचौरका पाटनमा पनि चट्याङ लागेर २०० भन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्