Hamro Sanchar

काठमाडौं प्रशासनको आग्रह : तडकभड नगरी तीज मनाउन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १३ गते


Advertisement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न आग्रह गरेको हो ।

‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचनामार्फत् भनेको छ ।

सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसारकारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।

 


प्रतिकृया दिनुहोस्