Hamro Sanchar

सुनको मुल्यले फेरि बनायो नयाँ रेकर्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १३ गते


Advertisement

काठमाडौं । सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि बुधबार हिजो तोलाको १ लाख ५३ हजार एक सय रुपैयाँ पुगेर सुनको मुल्यले रेकर्ड बनाएको थियो । आज फेरि सुनको मुल्यले अर्को रेकर्ड बनाएको हो ।

त्यस्तै आज चाँदीको मुल्य भने २० रुपैयाँले घटेको छ । हिजोे तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको चाँदीको मुल्य आज तोलामा २० रुपैयाँले घटेर एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


प्रतिकृया दिनुहोस्