Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पाल्पामा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १० गते


Advertisement

बुटवल । पाल्पाको तानसेन-रानीमहल सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको हो।

दुर्घटनामा घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरीले कार्यलय पाल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठले तानसेनबाट रानीमहलतर्फ जाँदै गर्दा भारतीय नम्बर प्लेटको यूपी १४ डीएन १०४ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको थियो।


प्रतिकृया दिनुहोस्