काठमाडौं, भदौ ९- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-५ स्थित पेप्सीकोला ब्रमखेल सडक क्षेत्रको पुर्व अर्थात् मनोहरा खोलाको आसपासमा संचालन हुँदै आएका सुँगुर तथा बंगुर फार्म हटाउन निर्देशन दिइएको छ ।
बंगुर फार्मले त्यस क्षेत्रभित्र फाेहाेर तथा प्रदूषण बढाएको र स्थानीयको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पारेको भन्दै वडा कार्यालयले उक्त निर्देशन दिएको हो ।
स्थानीय बासिन्दाले बंगुर फार्मबाट फाेहाेर/प्रदूषण बढेको र सो फार्म बन्द गर्न माग गरेकाले सूचना प्रकाशित भएको १५ दिनभित्र फार्म हटाउन वडा कार्यालयले भनेको छ ।
बंगुर पालनले त्यस क्षेत्र वरपर दुर्गन्ध फैलाई वातावरण प्रदुषण भै स्थानीय बासिन्दाको जनजीवनमा प्रत्यक्ष असार परिरहेका र त्यस्ता फार्महरुबाट उत्पन्न हुने फोहोरमैलाले बालीनाली र उब्जनीमासमेत कमी आएकोले यस्तो निर्देशन दिइएको वडाअध्यक्ष शंकर पाण्डेले जानकारी दिए ।
पटक-पटक सूचना प्रकाशन हुँदा पनि संचालकले बेवास्ता गरेको अध्यक्ष पाण्डेको भनाइ छ ।
१५ दिनभित्र बंगुर फार्म नहटाइए कानुन बमोजिम कारबाही हुने तथा नगरपालिका टोली उपस्थित भै उक्त टहरा तथा फार्महरु हटाउने चेतावनी पनि दिइएकाे छ ।