काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । भने केही व्यक्ति बेपत्ता छन् । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ ।
उनका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो ।
तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।