काठमाडौं, साउन २१- बंगलादेशमा व्यापक हिंसात्मक प्रदर्शन भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी शेख हसिना भारत आइपुगेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार शेख हसिनाको विमान सोमबार साँझ भारतको उत्तर प्रदेशको गाजियाबादस्थित हिन्डन एयरबेसमा अवतरण गरेको हो ।
स्रोतका अनुसार शेख हसिनाको विमानमा इन्धन भरिनेछ र त्यसपछि उनी लन्डन प्रस्थान गर्नेछिन् । बंगलादेश वायुसेनाको विमानबाट भारत पुगेकी हसिनालाई एयरबेसमा भारतीय वायुसेवाका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार शेख हसिनाकी बहिनी पनि त्यहाँ छन् । दुवैजनासँग केही सामान पनि छन् ।