Hamro Sanchar

उपेन्द्र यादवको आरोप – लोकतन्त्र धरापमा परेको छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १९ गते


Advertisement

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शक्ति तथा सत्ता स्वार्थले राष्ट्रियता, राष्ट्रिय एकीकरण र राष्ट्रिय एकतालाई जोखिममा पारेको आरोप लगाएका छ ।

राजदूत नियुक्तिका विषयमा शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवले भनेका छन्, ‘संविधानको धारा २८२ मा राजदूत नियुक्त समावेशी सिद्धान्तका आधारमा गर्ने भनिएको छ । राजदूत नियुक्तिसम्बन्धी मापदण्डमा पनि समावेशिताको सिद्धान्तका आधारमा गरिने भनिएको छ । तर सरकारले यसलाई पालना गरेन ।’

१८ जना राजदूत सिफारिस गर्दा मधेशी, दलित, थारु, मुस्लिम, सीमान्तकृत र पिछडिएको समुदायको प्रतिनिधित्व शून्य रहेको उनको दाबी छ । न्यायाधीश नियुक्तिमाथि पनि उनले प्रश्न उठाएका छन् । ‘शासकहरूको जातिवादी, श्वेतनीति वा नशलवादी विचारले आज समावेशी लोकतन्त्र नै धरापमा पारेको छ,’ उनको आरोप छ।


प्रतिकृया दिनुहोस्