Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काभ्रेको जंगलमा मानव ‍कंकाल फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १७ गते


Advertisement

 

 

काठमाडौं । काभ्रेको जंगलमा मानव ‍कंकाल फेला परेको छ।
बुधबार साँझ पाँचखाल नगरपालिका-६ तिनपिप्लेस्थित सामुदायिक वनमा मानव कंकाल भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार उक्त कंकाल स्थानीय २१ वर्षीय विजय श्रेष्ठको रहेको खुलेको छ।

उनी असार १८ गतेदेखि हराइरहेका थिए।

बुधबार जंगल गएका स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

डिएसपि श्रेष्ठका अनुसार कंकालनजिक फेला परेको चप्पलका आधारमा विजयका बाबुले शव पहिचान गरेका हुन्।

चप्पल र लुगाको आधारमा मृतकको बुबाले शव पहिचान गरेका छन्,उनले भने, पोस्टमर्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।

घटनाबारे थप विवरण पोष्टमर्टम रिपोर्टपछि मात्रै आउने उनले बताए।


प्रतिकृया दिनुहोस्