Skip

Hamro Sanchar

रहेनन् शास्त्रीय सङ्गीतका गुरु कामत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, १७ गते


काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ ।

सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे    ६९ वर्षको उमेरमा निधन भएको  उनका छोरा समीर कामतले जानकारी दिएका छन्  ।

उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो ।

उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी सपरिवार आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए


प्रतिकृया दिनुहोस्