
काठमाडौं, असार २२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरक्षार्थ खटिएका सुरक्षा प्रमुख सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।
आज बिहान ५ बजे भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा सुतिरहेकै ठाउँमा हृदयघात भएपछि अस्पताल लगिएको थियो ।
भक्तपुर अस्पताल पुयाइएलगतै चिकित्सकले मृत घोषणा गरेको हो । ४३ वर्षीय इन्स्पेक्टर थापाको हृदयघातको कारण मृत्यु भएको हुन सक्ने सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले बताए ।


















