Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चट्याङ लागेर एघार किसानका ५४ भेडा मरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २२ गते


Advertisement

काठमाडौं, असार २१- जुम्लाको कनकासुन्दरी गाउँपालिका-२, मालिकाबोता स्थित चुचेमारा धचाखर्केको रंगिन पाटन भन्ने स्थानमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन् । बिहीबार दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठुलो क्षति पुर्‍याएको हो ।

चट्याङले गाउँका एघार किसानका भेडाहरू मरेका छन् । माइकाबोताका बहादुर रावतका ४, तिते रावतका ३, तिलक रावतका ५, मान बहादुर रावतका ३, विगर रावतका ९, डिल्ली रावतका ३, शेर रावतका २, हरि बहादुर रावतका १, चन्चल थापाका ३, धन रावतका २०, र राम बहादुर रावतका १ भेडा मरेका छन् ।


प्रतिकृया दिनुहोस्