आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

१५ दिनभित्र भुक्तानी दिने सहमतिपछि दुग्ध किसानको आन्दोलन स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ८ गते


Advertisement

काठमाडौं, असार ७- सरकारले रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि दुग्ध किसानले आन्दोलन स्थगित गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रसँग हिजो भएको छलफलपछि आन्दोलन स्थगित भएको हो । छलफलमा किसानको बक्यौता भुक्तानीका लागि समिति गठन गरी १५ दिनभित्र रकम भुक्तानी गर्ने सहमति भएको छ ।

दुग्ध किसानसमेत रहने गरी समिति गठन हुने निर्णय भएको र तत्कालका लागि आन्दोलन फिर्ता लिइएको केन्द्रीय दुग्ध सहकारी सङ्घले जनाएको छ । समयमा समस्या समाधान नभए फेरि आन्दोलनलाई निरन्तरता दिने किसानले बताएका छन् ।

६ लाख दुग्ध किसानले ७ महिनादेखिको भुक्तानी पाएका छैनन् । डीडीसी र निजी डेरी उद्योगबाट गरी ५ अर्बभन्दा बढी रकम उठाउन बाँकी रहेको दुग्ध सहकारी सङ्घले जनाएको छ ।

गएको वर्षको साउनदेखि दुग्ध किसानहरूको भुक्तानी रोकिन थालेको हो । मङ्सिरमा बक्यौता रकम झन्डै सात अर्ब रुपैयाँ रहेकोमा त्यसपछि झण्डै दुई अर्ब रूपैयाँले घटेको हो ।


प्रतिकृया दिनुहोस्