काठमाडौं, असार १- ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका श्रीमान-श्रीमतीको मृत्यु भएको छ । अर्धबेहोस भेटिएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती रेनुको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
त्यहाँ उपचारका क्रममा राति ९:३० बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
शुक्रबार राति करिब ८:३० बजे जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरी बस्ने उनीहरु अर्ध बेहोस भेटिएका थिए ।
उनीहरूको मृत्यु के कारणले भएको खुलिसकेको छैन ।
शव पोस्टमर्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।