
बुटवल, जेठ २९- कपिलवस्तुमा बस र जीप एक-आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान ५ः३० बजे पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको हो ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको क. प्र. ०२–००१ ख ०५२५ नम्बरको यात्रुवाहक रात्रिबस र चन्द्रौटाबाट गोरूसिंगेतर्फ आउँदै गरेको लु १ च ९२८४ नम्बरको पिकअप जीप पूर्व–पश्चिम राजमार्गअन्तर्गत् कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ झडुलामाईमा एक-आपसमा ठोक्किएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुकाअनुसार दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।
ठक्करपछि पिकअपमा च्यापिएका बढईलाई दुई घन्टापछि निकालिएको थियो ।
घाइतेहरूलाई उपचारको लागि बुटवल ल्याइएको बताइएको छ ।














