Skip

Hamro Sanchar

ट्रकबाट खसेर कोक फ्याक्ट्रीमा काम गर्ने मजदुर गम्भिर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २६ गते


चितवन, जेठ २६- कोक फ्याक्ट्रीमा काम गर्ने एक मजदुर ट्रकबाट खसेर गम्भिर घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–९ गोन्द्राङस्थित कोक फ्याक्ट्रीमा काम गर्ने राप्ति नगरपालिका–३ बस्ने ३७ वर्षीय श्यामलाल लगुन गम्भिर घाइते भएका हुन् ।

शुक्रवार कोक फ्याक्ट्रीमा ना ६ ख२१८७ नम्बरको ट्रकमा फलाम लोड गरी झर्ने क्रममा एक्कासी भुईमा खसेर टाउकोमा चोट लागी घाइते भएका उनलाई उपचारको लागी चितवन मेडिकल कलेज लगिएको थियो ।

टाउकोमा रगत जमेको र अवस्था गम्भिर भएको भनि चिकित्सकले बताएपछि गएराति साढे १२ बजे थप उपचारको लागि विर हस्पिटल काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्