Hamro Sanchar

मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक, के-के हुन् ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २४ गते


Advertisement

काठमाडौं, जेठ २४- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यी हुन् निर्णय:

१. प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने ।

२. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।

३. हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।

४. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने ।

५. मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने ।

६. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने ।

७. जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरूलाई सङ्क्रामक रोगहरूको रूपमा तोक्ने ।

८. जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने ।

९. ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

१०. भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इसराइलका गरी ११ जना राजदूतलाई फिर्ता बोलाउने ।


प्रतिकृया दिनुहोस्