Skip

Hamro Sanchar

श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर श्रीमानले लगाए आगो, दुईको अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २३ गते


काठमाडौं, जेठ २३- काठमाडौंको चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आगो लगाएका छन् । गएराति चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चन्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।

आगोले जलेका पाँचजनामध्ये २४ वर्षीया छोरी सुप्रिया र १६ वर्षीया सम्वृद्धि गम्भीर घाइते छन् । आगो लगाउने चन्चलबहादुर, आठ वर्षीया छोरी सुवानी र श्रीमती विन्दुको अवस्था भने सामान्य छ ।


प्रतिकृया दिनुहोस्