Hamro Sanchar

एकीकृत समाजवादीले मधेस प्रदेशमा जनमत पार्टीलाई समर्थन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २२ गते


Advertisement

जनकपुरधाम, जेठ २२- मधेस प्रदेशमा जनमत पार्टीलाई समर्थन गर्न नेकपा (एकीकृत समाजवादी) पनि तयार भएको छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताए ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको वर्तमान सरकारबाट बाहिरिँदै नेकपा (एमाले) सहितका दलसँग नयाँ सरकार बनाउने निर्णय भएको एक नेताले बताए ।

मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेका छन् ।

त्यसअगावै एकीकृत समाजवादी पार्टीले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने तयारी गरेको छ ।

सरोज यादव नेतृत्वको सरकारबाट बाहिरिने तयारीसँगै भोलि विश्वासको मत लिनुअगाडि नै मुख्यमन्त्रीले राजीनामा दिने सम्भावना रहेको जसपा, नेपालका एक नेताले बताए ।

नेकपा (एमाले)का सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् ।


प्रतिकृया दिनुहोस्