Skip

Hamro Sanchar

यार्सा संकलन गर्न गएका युवाको हिउँमा चिप्लेर मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १८ गते


बझाङ, जेठ १८- यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका-५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको आज बिहान करिब ७ बजे धौलढुंगामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो ।

बुधबार श्रीमतीसहित यार्सा संकलनका लागि घरबाट हिँडेका बोहरा आज बिहान ५ बजे धौलढुंगा पुगेका थिए ।

बिहान यार्सा संकलनका लागि हिँडेका बोहरा एक्कासि हिउँमा चिप्लिँदा घटनास्थलमै ज्यान गएको हो । घटनास्थल सुर्माबाट एक दिनको दूरीमा पर्दछ ।


प्रतिकृया दिनुहोस्